site stats
बाह्रखरी :: Baahrakhari
खेल
ओपनिङ जोडी आसिफ र कुशलबीच ५० रनको साझेदारी 
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध ब्याटिङ गरिरहेका नेपालका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले ५० रनको साझेदारी गरेका छन् ।

हरारे स्पोर्ट्स मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ११.५ ओभरमा विकेट नगुमाई ५० रन पूरा गरेको हो ।

नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः ३३ र १४ रनमा खेलिरहेका छन् । कुशल चौथो ओभरमा एक रनमा रहँदा क्याच आउट हुनबाट बचेका थिए । रिचार्ड एन्गाराभाले गरेको बलको चौथो ओभरको चौथो बलमा सिकन्दर राजाले कुशलको क्याच छुटाएका थिए ।

नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

नेपालले यसअघि जिम्बाब्वविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ ।
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्