site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चिनियाँ र रूसी सेनाको संयुक्त हवाई रणनीतिक गस्ती

बेइजिङ । चिनियाँ र रूसी सेनाले जुन ६ र ७ मा संयुक्त हवाई रणनीतिक गस्ती गरेका छन् ।

दुई देशका वायु सेनाबीचको समन्वयलाई प्रभावकारी रूपमा परीक्षण र अभिवृद्धि गर्नका निम्ति सो रणनीतिक गस्ती गरिएको रक्षा प्रवक्ताले शुक्रबार पत्रकार सम्मेलनमा बताए ।

उक्त गस्ती सन् २०१९ देखि चिनियाँ र रूसी सेनाद्वारा संयुक्त रूपमा आयोजना गरिएको र सञ्चालन गरिएको छैटौँ शृङ्खला हो ।

यो हवाई रणनीतिक गस्ती रहेको र यसले कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने मन्त्रालयले जनाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २३:३८
प्रतिक्रिया दिनुहोस्