site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उखु किसानका समस्या समाधान गर्न उपसमिति गठन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको समस्या समाधान गर्न उपसमिति गठन गरेको छ । 

ज्येष्ठ सदस्य रणेन्द्र बरालीको अध्यक्षतामा बसेको बैठकले ‘चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति’ गठन गरेको हो ।

बुधबार सिंहदरबारमा बसेको समितिले उखु किसानको समस्या समाधान गर्ने कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । 

सदस्यमा कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव सूर्यमान तामाङ छन् । 

समितिले ३० दिनभित्र उखु किसानको समस्या पत्ता लगाएर समाधानका लागि समितिलाई सुझाव दिने छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्