site stats
बाह्रखरी :: Baahrakhari
देश
बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस आज 
फाइल तस्बिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस हुँदै छ । खाँणका कानुन व्यवसायीले आज उनको तर्फबाट बहस गर्नेछन् । 

अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको आज छैटौँ दिन हो । आजसम्म थुनछेक बहस सक्न न्यायधीशले आग्रह गरेका छन् । तर, ६ जना अभियुक्तको तर्फबाट बहस गर्न बाँकी रहेकाले आजै थुनछेक बहस सकिने सम्भावना न्यून छ । 

इजलासमा प्रश्न– कानुन त सबैलाई बराबर होला नि !

खाँणसहित समशेर मिया, टेकनाथ रिजाल, आङटावा शेर्पालगायतको थुनछेक बहस बाँकी छ । 

कानुन व्यवसायीले आफ्नो पक्षको प्रतिरक्षा गर्दै बहस गरेका छन् । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पक्राउ परेका १८ अभियुक्तको तर्फबाट गत बुधबारदेखि बहस भइरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्