site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थमन्त्री भन्छन्- १०० किलोवाटको गाडी धनीले नै चढ्ने हो

काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले विद्युतीय सवारीलाई समयअनुसार अनुकूल बनाउन बजेटमा कर बढाउने र घटाउने काम गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री महतले ० देखि ५० किलोवाट १० प्रतिशत भन्सार शुल्क लगाउने र ५० देखि १०० सम्ममा बढाउने नीति लिएको बताए ।

१०० किलोवाटदेखि माथिको गाडीमा अत्यधिक कर रहेको हुँदा घटाइएको उनले जानकारी दिए ।

“विद्युतीय गाडीमा उपभोक्ता गएपछि राजस्व घटेपछि केही बढाउन दर बढाएको हो,” मन्त्री महतले भने, “मध्यम वर्गले १०० किलोवाटको गाडी चढ्ने होइन । यो धनीहरुले नै चढ्ने हो ।”

महतले १०० किलोवाटसम्मको गाडीमा कर बढाएर १०० किलोवाटभन्दा बढीको गाडीलाई भने कर घटाएका थिए ।
 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्