site stats
बाह्रखरी :: Baahrakhari
देश
दार्चुलामा अचेत भेटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु
प्रतीकात्मक तस्बिर ।

खंलगा । दार्चुला सदरमुकाम खलंगामा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान जिल्ला अस्पतालमा उनको मृत्यु भएको हो ।

गए राति गस्ती गर्ने क्रममा प्रहरीले खलंगास्थित बसपार्कमा ती व्यक्तिलाई रक्ताम्य अवस्थामा फेला पारेको थियो । राति नै प्रहरीले उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

टाउको र शरीरभरि घाउ भएका ती व्यक्तिको नाम र ठेगाना खुल्न सकेको छैन । शव जिल्ला अस्पतालमा राखिएको छ । ती व्यक्तिको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्