site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिकता विधेयक प्रकरणलाई लिएर राप्रपाले दर्ता गर्‍यो संसद् बैठक स्थगनको संकल्प प्रस्ताव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयकको प्रकरणलाई लिएर संसद् बैठक स्थगनको संकल्प प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको छ । 

पार्टी संसदीय दलका उपनेता बुद्धिमान तामाङले दिएको जानकारीअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण भएको विषयलाई लिएर संकल्प प्रस्ताव दर्ता गरिएको हो । 

नागरिकता विधेयक मन्त्रिपरिषद् बैठकको निर्णयबाट नभई सार्वभौम संसद्बाट अघि बढ्नुपर्ने माग राखी आफूहरूले संकल्प प्रस्ताव दर्ता गराएको उनले जानकारी दिए । 

“नागरिकता विधेयक मन्त्रिपरिषद्को निर्णयबाट पठाउने हैन यो हाउसले अघि बढाउनुपर्ने विषय हो । संसद्को अधिकार खोसिएपछि संकल्प प्रस्ताव दर्ता गरिएको हो,” उनले भने, “पहिला विधेयकको विषयमा छलफल हुनुपर्छ, असंवैधानिक कदम सच्चिनुपर्छ अनि मात्र संसद् सूचारू गर्नुपर्छ ।”

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्