site stats
बाह्रखरी :: Baahrakhari
देश
तीन प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Argakhachi Cement Island Ad

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०६:०८
प्रतिक्रिया दिनुहोस्