site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
डिजिटल अर्थतन्त्रलाई प्रर्वद्धन गर्दै 'डिजिटल बैंक'को स्थापना गरिने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले मुलुकको आर्थिक रुपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रर्वद्धन गरिने बताएका छन् ।

सोमबार संसद्‌मा आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री महतले डिजिटल अर्थतन्त्रलाई प्रर्वद्धन गरिने बताएका हुन् । 

Argakhachi Cement Island Ad

अर्थमन्त्री महतले भने, "यसका लागि सञ्चार पूर्वाधारको विकास, डिजिटल बैंकको स्थापना, सूचना प्रविधि उद्योगको प्रवद्र्धन तथा आर्थिक क्रियकलापमा इन्टरनेट मोबाइल एप्लिकेसन र अन्य नेटवर्ककको प्रयोगलाई बढावा दिइने छ ।"

यसबाट आर्थिक काराबोरको लगात घट्ने कार्यकुशलता वृद्धि हुने तथा पारदर्शी र सुशान प्रर्वद्धन भई प्रतिस्पर्धी क्षमताको विकास हुने अपेक्षा गरेको अर्थमन्त्री महतले बताएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्