site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि बयान लिइने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज पनि बयान लिइँदै छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिइने बताइएको छ ।

Argakhachi Cement Island Ad

शुक्रबार दुई अभियुक्त केशव दुलाल र सागर राईको बयान लिइएको थियो ।

बुधबार जिल्ला सरकारी वकील कार्यलय काठमाडौंले यस प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । ठगी, किर्ते, राष्ट्रियहितविरुद्धको कसुर, एकीकृत कसुर र संगठित अपराधमा उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।

उक्त मुद्दामा प्रतिवादी बनाइएका १७ जना पक्राउ परिसकेका छन् भने १३ जनालाई फरार अभियुक्तका रूपमा मुद्दा दायर गरिएको हो ।

 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्