site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उद्योग वाणिज्य महासंघले जेठ १६ र १७ मा रोजगार मेला आयोजना गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला आयोजना गर्दै छ । रोजगार मेला आउँदो जेठ १६ र १७ गते महासंघको सचिवालय, टेकुमा आयोजना हुने महासंघले जनाएको छ । रोजगार मेलाको जेठ १६ गते बिहान १० बजे उद्घाटन गरिने कार्यक्रम छ ।

रोजगार मेला नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना हुन लागेको हो । रोजगार मेलामा रोजगार सेवा केन्द्र एवं मेरो जवको प्राविधिक सहायता रहने छ ।

कामको खोजीमा रहेका यूवाहरूलाई प्रमुख कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरूको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना हुन लागेको महासंघले जनाएको छ ।

रोजगार मेलामा १०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहनेछ भने मेलामा कामको खोजीमा रहेका पाँच हजार भन्दा बढी युवालाई अवलोकन गराउने लक्ष्य राखिएको महासंघले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्