site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा उडान साढे ११ हजारमा गर्ने
फाइल तस्बिर।

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मेलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ११ हजार ४६१ रुपैयाँमा उडान गर्ने भएको छ ।

एयरलाइन्सले आगामी जेठ २९ गतेबाट भैरहवा–क्वालालम्पुर उडान गर्दै छ । नेपाल एयरलाइन्सको उडान नम्बर आरए–४२१ जेठ २९ गते भैरहवाबाट क्वालालम्पुर उडान गर्नेछ । उक्त जहाज जेठ ३० गते क्वालालम्पुर–भैरहवा–काठमाडौंमा उडान भर्नेछ ।

उक्त उडानमा क्वालालम्पुर–भैरहवा ११ हजार ४६१ रुपैयाँ भाडादर रहनेछ । साथै, क्वालालम्पुर–भैरहवा–काठमाडौं उडानको भाडा १२ हजार ३४६ रुपैयाँ हुने निगमले जनाएको छ ।

‘प्रमोसनल फियर’को लागि नेपाल एयरलाइन्सले यो अफर ल्याएको हो ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्