site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीय संसद्को संयुक्त बैठक बस्दै
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्ने भएको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे संयुक्त बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । 

‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्