site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेयर बजारमा उत्साह : नेप्से ५१ अंकले वृद्धि हुँदा कारोबार रकम दुई अर्ब माथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक २.७१ प्रतिशतले बढेको छ । आज ५१.३१ अंकले बढेर १९४२.६३ बिन्दु कायम भएको छ ।

आज २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर दुई अर्ब २० लाख २३ हजार ९४५ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि २.४७ प्रतिशतले बढेर ३६७.७४ बिन्दुमा कायम भएको छ ।

यस दिन १३ वटैं उपसमूहको समूहगत सूचक उकालो लागेका छन् । आज उत्पादन तथा प्रशोधन उपसमूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज उक्त उपसमूहको समूहगत सूचक सार्वधिक ४.०५ प्रतिशतले बढेको छ ।

आज कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ । सनराइज फस्ट म्युचुअल फन्डको सयेर मूल्य सर्वाधिक दुई प्रतिशतले घटेको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्