site stats
बाह्रखरी :: Baahrakhari
देश
३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस : १६ थुनामा, १६ फरार

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दै अनुसन्धानको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।

प्रहरीले मुद्दा चलाउन सिफारिस गरेको ३२ मध्ये १६ जना थुनामा रहेका छन् भने १६ जना फरार रहेका प्रतिवेदनमा उल्लेख गरेको छ ।

Argakhachi Cement Island Ad

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको हो । 

प्रतिवेदनमा संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्