site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्ने अवस्था छैन’ 
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको बताएकी छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेकी उनले सरकारले आफैँ भित्र त्यो देखिए पनि त्यसलाई कारबाही गरेर अघि बढ्ने संकल्प लिएको स्पष्ट पारिन् । 

प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सरकारले राम्रो कामको सुरुआत गरिरहेको दाबीसमेत गरिन् । मन्त्री शर्माले माओवादी मन्त्रीहरूले विगत र अहिले पनि अरु दलका मन्त्रीहरूले भन्दा रामो काम गरिरहेको जिकिर पनि गरिन् । 

बदमासी माओवादी पार्टीबाट मन्त्री बनेकाहरूले पनि गरेको हुनसक्ने स्वीकार गर्दै उनले अरु दलका मन्त्रीहरूको तुलनामा भने कम गल्ती गरेको बताइन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकाल बढी सुझबुझपूर्ण ढंगले अघि बढाएको बताइन् । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्