site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अध्यादेश स्वीकृत, कोभिड–१९ संकट व्यवस्थापन विधेयक फिर्ता 
फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गरेको सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो । 

विधेयक फिर्ता
सरकारले कोरोना महामारी नियन्त्रण गर्न ल्याएको ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक, २०७८’ संसदबाट फिर्ता लिएको छ ।  बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतका तर्फबाट श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री भण्डारीले उक्त विधेयक फिर्ता लिने अनुमतिको प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावसभाको सर्वसम्मतिबाट स्वीकृत भएको हो । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्