site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नीति कार्यक्रम पेस गर्नेबारे सभामुखलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा सदनको काम–कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले यही जेठ ५ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्ने तयारी भएको जानकारी गराएका थिए ।

Argakhachi Cement Island Ad

प्रधानमन्त्रीले आजदेखि समितिको बैठक बसेकामा खुसी व्यक्त गरेका थिए ।

सो क्रममा उनले सदनमा पेस भएका विधेयकलाई प्रक्रियागत रूपमा अगाडि बढाउन सभामुखले भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्