site stats
बाह्रखरी :: Baahrakhari
देश
नवजात शिशुका लागि यी लक्षण खतराका संकेत हुन्, तत्काल स्वास्थ्य संस्था लैजाउँ
फाइल तस्बिर

काठमाडौं । नवजात शिशुहरूमा जुनसुकै समय खतराका लक्षणहरू देखापर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

छिटो छिटो सास फेर्नु (प्रतिमिनेट ६० वा सोभन्दा बढी पटक), कोखा हान्नु, सुस्त, बेहोस वा कम चलाई हुनु खतराको लक्षण भएको मन्त्रालयले जनाएको छ । 

शीतागं हुनु, नाइटो पाक्नु वा छालामा पिपका फोकाहरू आउनु, ज्वरो आउनु, आमाको दूध राम्ररी चुस्न नसक्नु, दूध खाने बित्तिकै सबै बान्ता गर्नु नवजात शिशुमा देखिने खतराका लक्षण भएको मन्त्रालयले जनाएको छ । 

यस्ता लक्षण देखिएमा शिशुलाई तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्ने मन्त्रालयले बताएको छ । यस्तो अवस्थाम शिशुलाई स्वास्थ्य संस्था पुर्याउनु ढिलो गर्न नहुनेमा मन्त्रालयको जोड छ ।  
 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०५:५१
प्रतिक्रिया दिनुहोस्