site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मतीसहित यी प्रदेशमा हुनेछ मौसम बदली
फाइल तस्बिर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । कोसी प्रदेशका साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Argakhachi Cement Island Ad

विभागका अनुसार आज राति कोसी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०६:०४
प्रतिक्रिया दिनुहोस्