site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यव्यवस्था परामर्श समितिमा सभामुखले मागे माफी
फाइल तस्बिर।

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिमा सभामुख देवराज घिमिरेले माफी मागेका छन् । आइतबारको संसद् सञ्चालनमा कामजोरी भएको भन्दै सभामुख घिमिरेले माफी मागेका हुन् । कार्यव्यवस्था परामर्श समितिमा नेपाली कांग्रेसका तर्फबाट सदस्य रहेका सांसद रामहरि खतिवडाले संसदीय इतिहासमै नयाँ अधिवेशनको पहिलो दिन गर्नु नहुने काम भएको भन्दै आपत्ति जनाएका थिए । 

त्यसमा सभामुखले माफी मागेको खतिवडाले जानकारी दिए ।

“सभामुखज्यूले आफूबाट कमजोरी भयो भनेर स्वीकार गर्दै कार्यव्यवस्था समितिमा माफी माग्नुभएको छ,” खतिवडाले भने, “कार्यव्यवस्थाको सहमतिविपरीत एमालेले सभामुखलाई दुरुपयोग गरेको छ ।”

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्