site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा करोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला एक लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर छ । चाँदी आज प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदीको मूल्य लगातार तीन दिनदेखि स्थिर छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्