site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नमस्ते पेका सीईओ पोखरेलले सम्हाले कार्यभार

काठमाडौं । नमस्ते पेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणराज पोखरेलले आजबाट कार्यभार सम्हालेका छन् ।

कम्पनी सञ्चालक समितिको वैशाख १५ गतेको बैठकले पोखरेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

पोखरेलले योभन्दा अगाडि २७ वर्ष बैंक तथा वित्तीय संस्थामा काम गरेका थिए । उनले एफ१ सफ्ट इन्टरनेसनल र एम नेपाल लिमिटेडको सीईओको रूपमा काम गरिसकेका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २२:०६
प्रतिक्रिया दिनुहोस्