site stats
बाह्रखरी :: Baahrakhari
देश
यस्तो हुनेछ आजको मौसम 

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने सम्भावना रहको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ ।

Argakhachi Cement Island Ad

विभागका अनुसार आज राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको विभागको भनाइ छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०५:४७
प्रतिक्रिया दिनुहोस्