site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसीमा बाढी : उदयपुरसँगै सप्तरी र सुनसरीका तीन पालिका बढी जोखिममा (तस्बिरहरू)

विराटनगर । सप्तकोसी नदीमा पानीको बहाव बढ्दा उदयपुरसँगै सप्तरी र सुनसरीका पालिकाहरू बढी जोखिममा रहेका छन् ।

अहिले प्रदेश नम्बर–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की र भौतिक पूर्वाधारमन्त्री हिमाल कार्की प्रभावित क्षेत्रमा पुगेका छन् । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित सुरक्षा अधिकारीहरू पनि साथमा छन् । 

सप्तरीको सप्तकोसी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालका अनसार बाढीले सप्तकोसीका ६ र ७ नम्बर वडामा प्रत्यक्ष असर गर्न सक्छ । “सप्तकोसी नगरपालिकाका ३, ६, ७, ८, ९ र १० नम्बर वडामा प्रभाव पर्छ । त्रियुगा नदीको किनारमा पर्ने वडाहरू हुन् । नदीमा गएर यो पानीको बहाव मिसिन गयो भने पानीको बहाव खोलिएर सप्तकोसी नगरपालिकाका ६ र ७ नम्बर वडामा प्रत्यक्ष रूपमा असर पर्न सक्छ । यसका लागि हामीले ‘अलर्ट’ गराइसकेका छौँ,” ढकालले भने ।

Argakhachi Cement Island Ad

यस्तै, सप्तरीकै कञ्चनरूप नगरपालिकामा पनि १, २, ४, ५, १० वडामा असर गर्ने प्रमुख ललनप्रसाद गुप्ताले बताए ।

सुनसरीको बराह क्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले वडा नम्बर–६ र ९ मा असर पर्ने भएकाले हाई अलर्टमा राख्न आग्रह गरिएको बताए ।

उता, उदयपुरको बेलाका नगरपालिकाका–३, ५ र ८ नम्बर वडामा गरी करिब एक हजार घरपरिवार प्रभावित हुने जनाइएको छ । भँगालो बस्तीमा पसेसँगै स्थानीयलाई डुंगा र ट्युबबाट उद्धार गरिँदै छ ।

कोसी नदीको भँगालो आज बिहान करिब ४ बजे उदयपुर, सप्तरी र सुनसरीका बस्तीतर्फ पसेको हो । उदयपुरको बेलका–८, डुम्म्रिबोटेबाट बाढीको भँगालो बस्तीमा पसेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

बेलका–३, भाटेपुल बस्तीतर्फ छिरेको कोसीको थप तस्बिर हेर्नोस्–

296844622_637221821068226_4489296483537617273_n1659507943.jpg

296482164_1134508413769849_7261304828352664449_n1659507942.jpg

296430987_785293815819336_3693863298334186756_n1659507941.jpg

296435004_946272760104089_7891911654870769449_n1659507941.jpg

296408722_453597983101191_2059415700804417066_n1659507940.jpg

296320050_344074464459840_1617347030022570898_n1659507939.jpg

296320050_1119386268930114_4013214314713517472_n1659507939.jpg

296183574_1085518868730432_3216195792929526787_n1659507938.jpg

296198215_801729174329259_3259358702048126651_n1659507938.jpg

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्