site stats
बाह्रखरी :: Baahrakhari
देश
आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पायो : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आफूहरूले गरेको सिफारिसहरू न्यून मात्रै कार्यान्वयन हुने गरेको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार आयोगको २५औँ वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले आयोगले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सिफारिस गर्दै आएको भए पनि गरिएका सिफारिस कार्यान्वयन न्यून रहेको उल्लेख गरे । क्षतिपूर्तिको हकमा केही कार्यान्वयन भए पनि कारबाहीका लागि गरिएका सिफारिसहरू कार्यान्वयन नभएको गुनासो गरे । 

Argakhachi Cement Island Ad

कारबाहीका लागि आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पाएको उनको जिकिर छ । 

अध्यक्ष मगरले चालु आर्थिक वर्षको हालसम्म ५८ वटा मानवअधिकारको उल्लंघनसम्बन्धी उजुरी दर्ता भएको र सो अवधिमा १६४ वटा उजुरी फर्छ्यौट गरिएको जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्