site stats
बाह्रखरी :: Baahrakhari
देश
बैंकमा आएकी वृद्धालाई चेक मागेर ठगी गरेको आरोपमा एकजना पक्राउ

जनकपुरधाम । बैंकमा आएकी एक वृद्धालाई ठगी गरेको आरोपमा एकजना पक्राउ परेको छ । शुक्रबार कमला नगरपालिका २ माचीका २३ वर्षीय सन्तोष कुमार ठाकुर पक्राउ परेका हुन् ।

उनीमाथि विदेह नगरपालिका १ की ७३ वर्षीया कुम्हिया देवी भिनवार यादवलाई बैंकको कर्मचारी रहेको भन्दै चेक बुक लिएर २४ हजार रुपैयाँ झिकेको आरोप लागेको छ । कुम्हिया देवी वृद्ध भता झिक्न आएको बेला जनकपुरधाम मिल्स एरियास्थित एनआईसी एसिया बैंकमा उक्त घटना भएको हो ।

Argakhachi Cement Island Ad

"ठाकुरले म बैंकको कर्मचारी हो, तपाईंको चेक बुक ल्याउनु म रुपैयाँ निकाल्दिन्छु भनी कुम्हिया देवी भिनवार यादवसँग चेक बुक लिई बैंकबाट २४ हजार रुपैयाँ झिकी फरार भएपछि हुलियाको अधारमा माचिको राजवंशी कोल्ड स्टोरबाट रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको  छ," जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्