site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
फागुन १ देखि रेल चलाइने
फाइल तस्बिर ।

जनकपुरधाम । जयनगर–कुर्था रेलमार्ग आउँदो फागुन १ गतेदेखि सञ्चालनमा आउने भएको छ । फागुनदेखि औपचारिक उद्घाटन नभएसम्म दैनिक एकपटक रेल चलाउन लागिएको हो ।

यात्रुको चाप पहिचान गर्न, अतिक्रमित जग्गा खाली गराउन र दैनिक लागत पत्ता लगाउनका लागि रेल सञ्चालन गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

Argakhachi Cement Island Ad

रेल सेवाको उद्घाटन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले गर्ने भनिएको छ । तर, यकिन मिति अहिलेसम्म तय भएको छैन ।

“कतिपय ठाउँमा रेलवे लिकमै हाटबजार लगाइएको छ, त्यो खाली गराउन । यात्रुको चाप कत्तिको छ, आम सर्वसधारणमा रेल चल्ने सन्देश दिन र लागत पत्ता लगाउने उद्देश्यले रेलवे सञ्चालन गर्न लागेका छौँ,” उनले भने ।

६० कर्मचारी तयारी अवस्थामा छन् । २६ भारतीय र ३४ नेपाली कर्मचारीले काम गर्नेछन् । १४ भारतीय कर्मचारी नेपाल आइसकेका छन् । नेपाली कर्मचारीहरूलाई उनीहरूले नै तालिम दिएका छन् । प्रमुख कामको जिम्मा भारतीय कामदारलाई दिइएको छ ।

प्यालट, लो प्यालट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र गेट प्वाइन्ट गरी तत्काल करिब ६० कर्मचारीले काम गर्नेछन् । प्रत्येक स्टेसनमा एक/एक टिकट काट्ने कर्मचारी, २२ गेट प्वाइन्ट, तीन स्टेसन मास्टर र सिग्नलका लागि कर्मचारीहरू नियुक्त गरिएको छ ।

जनकपुरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ । एसी चलाएर रेल सञ्चालन गरिँदा दैनिक २८० लिटर डिजेल लाग्ने अनुमान गरिएको छ । सर्भिसिङ भारतको सोनपुरमा हुने बताइएको छ ।

०७७ असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको थियो । अहिले रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १५:१६
प्रतिक्रिया दिनुहोस्