site stats
बाह्रखरी :: Baahrakhari
देश
'भूतमेला'मा श्रद्धालुको घुइँचो (तस्बिहरू)

जनकपुरधाम । कमला नदीमा श्रद्धालुको घुइँचो लागेको छ । धनुषा र सिराहाको सीमानामा पर्ने कमला नदीमा कार्तिक पूर्णिमा नुहाउने श्रद्धालुको घुइँचो लागेको हो । त्यो मेलालाई भूतमेला पनि भनिन्छ । जहाँ नेपाल र भारतको श्रद्धालुहरू स्नान गर्ने गर्छन् ।

बिहीबार साँझ घरबाट धामीझाँक्रीसहित हिँडेका गाउँवासी कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेर स्नान गरेका छन् ।

Argakhachi Cement Island Ad

कमलामा कात्तिक शुक्ल पूर्णिमाको दिन भूत बैताल, देवीदेवताहरूको पूजा गर्दा त्यसबाट छुटकारा पाउने जनविश्वास छ । आज नयाँ–नयाँ धामीझाँक्री बन्ने जनविश्वास छ । भूत मेलामा स्नान गरेपछि भक्तजनहरूले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् ।

उक्त पानीलाई जमिनमा छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामीझाँक्रीहरू बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्