site stats
बाह्रखरी :: Baahrakhari
देश
निजी विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्छ : पूर्वशिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामूलक बनाउनुपर्ने बताएकी छन् । आइतबार (जेठ ११) प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् ।

“निजीलाई राष्ट्रियकरण गर्ने होइन या बन्देज लगाउने होइन, निजीलाई गैरनाफामूलक बनाउनुपर्छ भन्ने हो,” उनले भनिन्, “त्यसका लागि १५ वा २० वर्ष कति लाग्छ समय दिऊँ । निजीको हकहितका लागि हामीले निर्णय गर्नैपर्छ ।”

Argakhachi Cement Island Ad

उद्योग मन्त्रालयले गरेको अनुगमनका विषयमा निजी विद्यालयबाट जारी विज्ञप्तिप्रति आपत्ति जनाउँदै उनले नियमनमा कडाइका साथ लाग्नुपर्नेमा जोड दिइन् ।

उनले निजी विद्यालयलाई गैरनाफामूलक बनाउन कति समय लाग्छ भन्ने विषयमा पनि समिति स्पष्ट हुनुपर्नेमा जोड दिइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्