site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
फौजी तरिकाले सरकार चल्दैन मुख्यमन्त्रीज्यू !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कर्णाली प्रदेशमा अन्तरविरोध (पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच) झाँगिएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तहसम्म पुगेको छ ।

हस्ताक्षर कर्तामध्येका जाजरकोटा (ख) प्रदेशसभा सदस्य करवीर शाहीले मुख्यमन्त्री फौजी तरिकाले अघि बढेको आरोप लगाएका छन्।

Argakhachi Cement Island Ad

“पहिलो वर्षदेखि नै सरकार संसदकाबीच अन्तरविरोध थियो। मुख्यमन्त्री संसद्प्रति जवाफदेही, उत्तरदायी कहिल्यै हुनुभएन। संसद्, सांसदहरूले उठाइएकाभन्दा एकलौटी, एकलकाटे तौरतरिकाले हिँड्ने चल्ने उहाँको प्रचलन रहेछ,” शाही भन्छन्, “त्यसले गर्दा प्रदेश सरकारले गरेका कुनै पनि काम निर्विवाद हुने अवस्था रहेन।”

संसदले दिएको निर्देशन पालना नगर्दा दलको नेताबाट फ्याँक्नुपर्ने अवस्था आइलागेको उनको भनाइ छ। “संसद्ले एउटा बाटो देखाएको छ, मुख्यमन्त्री कता हो कता ?” उनी भन्छन्, “मुख्यमन्त्री सच्चिएलान् भनेर हामीले अढाइ वर्ष कुर्‍यौं। सिक्दै सच्चिँदै जाने कुरा हो भनेर चित्त पनि बुझायौं। उहाँ सच्चिने होइन, फौजी तरिकाले जबरजस्ती गर्ने, तिमीहरूले भनेर हुन्छ, म पो मुख्यमन्त्री त भनेजस्तो गरेर अघि बढ्नुभयो। संसदीय दलको निर्देशन अटेर गर्नुभयो ।”

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता

मुख्यमन्त्रीको निर्णय, कार्यशैलीले जनताको बीचमा अनुहार देखाउने अवस्था पनि नरहेको उनको भनाइ छ । “संसदले एकातिर भनेको, नियुक्ति अर्को गरिदिने,” प्रदेश पार्टी र यहाँका सांसद भन्नेहरू त देखिन पनि लाजलाग्ने परिस्थिति बन्यो । बाध्यताको उपज हो।”

उनले अहिले दलको नेताविरुद्ध मात्रै अविश्वासको प्रस्ताव दर्ता गरेको बताए । “उहाँले आलटाल गर्नुभयो । पेलिहाल्छु नि भनेजस्तो गर्नुभयो भने हामी सीधै संसदमा जान्छौं,” उनी भन्छन्, “उहाँले संसद् फेस गर्नुपर्छ।”

यसरी आयो मुख्यमन्‍त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १५:३४
प्रतिक्रिया दिनुहोस्