site stats
बाह्रखरी :: Baahrakhari
देश
कुटपिटबाट मृत्यु भएका चेपाङको परिवारलाई क्षतिपूर्ती नदिएसम्म शव नउठाइने 

चितवन । सेनाको कुटपिटबाट मृत्यु भएको भनिएका राप्ती नगरपालिका वडा नम्बर २ का राजकुमार चेपाङ्गको  शव क्षतिपूर्ती नपाएसम्म नउठाउने भएका छन् । 

चेपाङ्ग संघ केन्द्रीय समितिले आज भरतपुरमा  पत्रकार सम्मेलन गरी दोषिलाई कारवाही र घाइते अन्यलाई निशुल्क उपचार र पीडित परिवारलाई लाई  दश लाख रुपैयाँ क्षतिको व्यवस्था नभएसम्म शव नउठाउने बताएका हुन् । 

Argakhachi Cement Island Ad

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष तेजेन्द्र चेपाङले आफूहरुको माग सुनुवाई नभएसम्म शव नउठाइने बताए  । माग सम्बोधन नभए संघले चरणबद्ध आन्दोलन गरिने उनको भनाई छ । 

यस्तै मृत्युको घटना र माडीको कुसुमखोलामा भएको घटना प्रति संघले  खेद व्यक्त गरेको छ । केन्द्रीय समितिको बैठकले माडीमा भएको घटनाका पिडित परिवारलाई गाँस, बास, कपास सहित तत्काल पुर्नबास गरिनुपर्ने, चेपाङ् समुदायको घर आगजनी, भत्काउने, अन्‍नबाली नष्ट गर्ने गराउन निर्देशन दिने कर्मचारी लाई कारवाही गर्नुपर्ने, चेपाङ् समुदायलाई स्थानान्तरण गर्दै परिवारलाई प्रशस्त मात्रामा जिविकोपार्जन गर्नसक्ने खालका वैकल्पिक व्यवस्थासहित पुर्नवास गरिनुपर्ने लगायतका ६ बुँदे माग उनीहरुको छ ।

साउन १ गते राजकुमारलाई सेनाले निर्घात कुटपिट गरेको आरोप छ । उनको उपचारको क्रममा साउन ८ गते भरतपुर अस्पतालमा मृत्यु भएको थियो । मृतक चेपाङ्गको शव टिचिङ्ग अस्पताल महाराजगन्‍जमा राखिएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १६:०९
प्रतिक्रिया दिनुहोस्