site stats
बाह्रखरी :: Baahrakhari
देश
 नारायणगढमा रहेको औषधि गोदाममा आगलागी, नियन्त्रण प्रयास जारी

चितवन ।  नारायणगढको एक औषधी गोदाममा आगलागी भएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३, शहिदचोक स्थित एउटा घरमा रहेको मेडीमिक्स कम्पनीको गोदाममा ६ बजेतिर आगलागी भएको हो । 

Argakhachi Cement Island Ad

आगो लागेको जानकारी पाउनासाथ भरतपुर महानगरपालिकाको २ वटा र खैरहनी नगरपालिकाको एक दमकल सहित  ससस्त्र र नेपाली प्रहरीको प्रयासमा आगो निभाउने काम भइरहेको प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए । आगो के कसरी लाग्यो भन्ने विषय खुल्न सकेको छैन । 

 

 

 

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  २०:०९
प्रतिक्रिया दिनुहोस्