site stats
बाह्रखरी :: Baahrakhari
देश
स्कार्पियो र ग्यास बुलेट ठोकिँदा एकजनाको मृत्यु, ४ जना घाइते

चितवन । सोमबार साँझ ग्यास बुलेट ट्यांकर र स्कार्पियो ठोक्किँदा स्कारपियोमा सवार एकजनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा ममवानपुर उपमहानरपालिका वडा नम्बर ५ बस्‍ने प्रभा गौतम रहेकी छन् । सोही वडाका अन्य चार जना घाइते भएका हुन् । 

Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका - २९ स्थित नारायणगढ मुग्लिनसडक अन्तर्गत सत्रकिलोमा ५:५० बजे  मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा१३च ५९२९ नं. को स्कार्पियो र विपरीत दिसाबाट गइरहेको ग्यास बुलेट आपसमा ठक्कर खाँदा स्कार्पियोमा सवार पाँच जना घाइते भइ उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा एकजनाको बाटोमै मृत्यु भएको हो । 

चार जनामध्ये २ जनाको अवस्था गम्भीर छ भने अन्य २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते हुनेमा स्कार्पियो चालक राजन घिमिरे र अर्का यात्रु अनुज धिताल रहेका छन् । सामान्य घाइते हुनेमा कृष्ण धिताल र वर्षा धिताल रहेका छन् ।  

बुलेट चालक फरार रहेकोले उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  २०:१७
प्रतिक्रिया दिनुहोस्