site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपाले बोलायो स्थायी कमिटी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक आह्वान गरेको छ । स्थायी कमिटी बैठक असार १० गतेलाई आह्वान भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

“दुईजना अध्यक्ष, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार छलफल भएर स्थायी कमिटी बैठक बोलाइएको छ,” उनले बाह्रखरीसँग भने ।

Argakhachi Cement Island Ad

खनालले स्थायी कमिटीमा अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीलगायतका विषयमाथि छलफल हुने जानकारी दिएका छन् । यद्यपि सचिवालय बैठकले नै कार्यसूची तय गर्नेछ ।

यसअघि स्थायी कमिटीको पाँचौं बैठक दुईपटक स्थगित भइसकेको छ ।

अध्यादेश प्रकरणपछि स्थायी कमिटीका २० जना सदस्यले वैशाख १० गते लिखितरूपमा बैठकको माग गरेका थिए । उनीहरूको मागलाई सम्बोधन गर्न वैशाख २५ गते बैठक बोलाइएको थियो ।

तर, वैशाख २४ गते अध्यक्ष केपी शर्मा ओलीले बैठक छाडेर हिँडेपछि स्थगित भएको थियो । त्यसपछि वैशाख ३१ गते पुनः तय भएको थियो । त्यतिबेला पनि कोरोनाको जोखिम बढेको भन्दै बैठक स्थगित गरिएको थियो ।

नेकपामा एमसीसी निकै पेचिलो बन्दै गएको छ । स्थायी कमिटीको चौथो बैठकमा ठूलै विवाद भएपछि केन्द्रीय कमिटी बैठकले अध्ययन कार्यदल बनाएको थियो । झलनाथ खनाल संयोजक, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदलले फागुनको दोस्रो साता नै प्रतिवेदन बुझाइसकेको छ । कार्यदललको प्रतिवेदनमाथि छलफल हुनेभने पाएको छैन ।

प्रकाशित मिति: बुधबार, असार ३, २०७७  २२:४६
प्रतिक्रिया दिनुहोस्