site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन्दीप अर्को \'महाकुम्भ\' का लागि तयार, यस्तो छ प्लेइङ-११ मा पर्ने सम्भावना

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करणको आइतबार (आज) को खेलमा सन्दीप लामिछाने दिल्ली क्यापिटलस्बाट प्लेइङ ११ मा पर्लान् ? सन्दीप र नेपाली क्रिकेट समर्थकको मनको ढुकढुकी बढाउने प्रश्न हो यो । एसोसिएट राष्ट्रबाट एकपछि अर्को सफलता चुम्दै गएका सन्दीपले आइपीएलको ११ औं संस्करणमा दिल्लीबाटै पुछारका ३ खेल खेलेका थिए ।

अन्तिम तीन खेलमा आफ्नो बलिङको जादु चलाएका सन्दीपको प्रदर्शनबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत चर्चा गरेका थिए । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटलले आज बेलुका मुम्बई इन्डियन्सविरुद्ध उसैको घरेलु मैदानमा खेल्दैछ । 
आईपीएल इतिहासकै सफल मानिएको मुम्बईविरुद्ध दिल्लीको आफ्नो प्लेइङ ११ मा सन्दीपलाई राख्ला या नराख्ला चासो सर्वत्र छ । एउटा टोलीले चारजना मात्रै विदेशी खेलाडीलाई खेलाउन पाउँछ । 

Argakhachi Cement Island Ad

को–को छन् दिल्लीमा ? 
श्रेयस एैयरको कप्तानीमा रहेको दिल्लीमा आवेस खान (तीव्र गतिका बलर) बन्डारु एैयप्पा ( तीव्र गतिका बलर) अंकुश कुमार सिंह (विकेटकिपर), ट्रेन वोल्ट (तिव्र गतिका बलर), शेखर धवन (व्याट्सम्यान), कलिन इनग्राम (व्याट्सम्यान), सन्दीप लामिछाने (स्पीन बलर), मन्जित करला (ब्याट्सम्यान), अमित मिश्रा (स्पीनर), क्रिस मोरिस (बलिङ अलराउण्डर), कलिन मुनरो (व्याट्सम्यान) रिसभ पन्त (विकेटकिपर) छन् ।     
यस्तै अक्षर पटेल (स्पीनर), हर्सल पटेल (तिव्र गतिका बलर),किमो पोउल (तिव्र गतिका बलर),किग्रिसो रवाडा (तिव्र गतिका बलर),सर्फाने (व्याट्सम्यान),जलाज सक्सेना (स्पीनर),इसान्त शर्मा (तिव्र गतिका बलर) पृथ्वी साँ (व्याट्सम्या),नातुसिहं (तिव्र गतिका बलर) राहुत तेबतीया (स्पीनर) र हमुना बिहारी (व्याट्सम्यान) छन् । 

सन्दीपको सम्भावना कति ? 
त्यसो त सन्दीप विदेशी खेलाडीको कोटाबाट खेल्नेछन् । तर टिम सन्तुलनका लागि भने सन्दीपले मौका पाउने नपाउने ग्यारेन्टी छैन । किनभने दिल्लीसँग तीनजना भारतीय स्पीनर अमिता मिश्रा,राहुल तेबटिया अक्षर पेटल छन् । यदि दिल्लीले तीनजना स्पीनर मैदानमा प्लेइङ –११ मा उतार्न खोज्यो भने सन्दीप टिममा पर्न सक्छन् । वा दिल्लीले अमित मिश्रा वा अक्षर पटेलमध्ये एकजनालाई बेञ्चमा बसायो भने पनि सन्दीपको सम्भावना रहन्छ ।

गत सिजनमा सन्दीप नयाँ प्रतिभा थिए, अनुभवको कमी थियो तर पछिल्लो समयमा एकपछि अर्को लिगको सफलताले सन्दीपमा अनुभव प्रचुर छ ।  अर्को पक्ष के छ भने दिल्लीको टिममा ७ जना विदेशी खेलाडी छन् । जसमा रवाडा, बोल्ट, मोरिस, मुनरो र सन्दीप प्रमुख विदेशी खेलाडी हुन् । 

यस्तोमा रवाडा र बोल्टमध्ये एकजना मात्रै खेलेको अवस्थामा सन्दीप टिममा पर्न सक्छन् ।  सुरुवाती खेलमा सन्दीपले मौका पाएमा आफूलाई प्रमाणित गर्न सके निरन्तरता पाउनेछन ।  विश्वका चर्चित व्याट्सम्यानलाई बलिङ गर्न सहज त हुनेछैन तर सन्दीपको बलिङको जादुलाई कम आक्न पनि सकिँदैन ।     
    
गतवर्ष सन्दीपको प्रर्दशन 
गत सिजनमा दिल्लीबाट सन्दीपले पुछारका तीन खेल खेले । त्यतिबेला दिल्ली प्रतियोगिताबाट बाहिरिइसकेको थियो । त्यसैले पनि सन्दीपले मौका पाए । तर सन्दीपले मौकामा चौका हान्दै आफूलाई प्रमाणित गरे, विश्वकै चर्चित लिग आइपीएलमा छाए । 

सन्दीपले पहिलो खेल रोयल च्यालेन्जर्स बैंग्लोरविरूद्धको खेले । पहिलो डेब्यु म्याचमै पहिलो ओभर फाले । सन्दीपले ४ ओभरमा २५ रनमात्र खर्चेर १ विकेट लिए । सन्दीपको पहिलो शिकार भएका थिए, मोइन अली । दोस्रो खेलमा पनि सन्दीपले बलिङको जादु देखाए ।

चेन्नइविरुद्धको खेलमा सन्दीपले भारतका अर्का स्टार ब्याट्सम्यान सुरेश रैनालाई  आउट पारे । अन्तीम खेलमा सन्दीपले मुम्बई इन्डियन्सविरूद्धको तीन विकेट लिए । मुम्बईले त्यो खेल जितेको भए प्लेअफको सम्भावना जिवित थियो । 
 

प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  १३:२९
प्रतिक्रिया दिनुहोस्