site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
तीजको महत्त्व

आज नेपाली महिलाको महान् पर्व तीज । भाद्र शुक्ल तृतियाका दिन मनाइने यो पर्व महिलाका लागि महत्त्वपूर्ण भनिए पनि हिजोआज महिला र पुरुष दुवैले उत्तिकै महत्वका मनाउने गर्छन् । आज महिलाहरू आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि निराहार व्रत बस्ने गर्छन् । तीजको दिन महिला सार्वजनिक बिदासमेत दिने गरिएकोछ । 

केही समय पहिलेसम्म तीज मनाउन बिहेबारी भइसकेका छोरीचेलीलाई बुबा, दाजुभाई लिन जाने र चेलीवेटी पनि केही दिनको लागि पतिको घरबाट माइतीघर आउने गर्छन् । धेरैपछि भेटिएका साथीसङ्गीसँगै रमाइलो गर्दै गाउने, नाच्ने र मौलिक गीत गाउने गरिन्थ्यो । अहिले समयसँग हामीले मनाउने पर्व र संस्कारहरूमा पनि आधुनिकीकरणको प्रभाव पर्न थालेको देखिन्छ । यसैको प्रभाव हिजोआज तीजमा पनि तडकभडक बढेको छ । 

Argakhachi Cement Island Ad

यस्तो तडकभडकले हुने र नहुने बिचको खाडल हदैसम्मले गहिरो तुल्याएको छ । महिनौ अगाडिदेखि दर खाने चलन, तडकभडक संस्कृतिको नाममा भड्किलो प्रदर्शन र व्यवहार देखिन थालेको छ । देखासिकी र प्रतिस्पर्धाले तीज संस्कृतिभन्दा विकृति बन्दै गइरहेको छ । हिजोका दिनसम्म माइत घरको आँगनमा र पिँडीमा मनाइने तीज आज महँगा होटल र पार्टी प्यालेसमा भड्किला गीत र संगीतका साथ मनाइएको पाइन्छ । 
पहिले म सानो हुँदा मेरी हजुरआमाले गाउने गीत यस्तो हुन्थ्यो :
तीजका खाजा मीठा पोलेको तामाले, 
नरोऊ माइती लिन आउँछु भन्थे मामाले । 
आजभोलि त रत्यौलीका गीतमा पो तीजमा नाच्ने गरिन्छ । 

बढ्दो विकृतिका कारण समाजको अध्ययन गर्नेहरूका लागि तीजको बदलिएको शैली चिन्ताको विषय बनेको छ । तीज पर्वलाई एक महिना अगाडिदेखि दर खाने नाममा हुनेखानेले मनाउनु र यतिमात्रै नभएर मेरो साथीले फलानो ठाउँमा यति मान्छे बोलाई र रमाइलो गरी म पनि त्यस्तै गर्छु भन्ने होड वा एउटै घरभित्रका दिदी बहिनीमा धनी र गरिब हुँदा पर्ने नकारात्मक असरले सम्बन्धमा खाडल पर्नसक्ने र दिदीबहिनीमा हुनुपर्ने माया, सद्भावमा ईष्र्याको प्रवेश चिन्ताको विषय हो । 

पौराणीक कथाअनुसार पार्वतीले शिवजी वरका रूपमा पाउँ भनी तीजको व्रत बसेपछि यसको परम्परा चलेको विश्वास छ । उक्त दिन भगवान शिवका मन्दीर शिवालयमा दर्शनार्थीहरूको विशेष भिड लाग्ने गर्छ । अविवाहित महिलाले पनि पार्वतीले शिव पति पाऊँ भनी व्रत बसे जस्तै आफूले भनेजस्तो जीवनसाथी पाउने कामना पूरा गर्न र विवाहितले पतिको दिर्घायु र सुस्वास्थ्यका लागि व्रत बस्छन् । 

यस्तो राम्रो धार्मिक महत्त्व रहेको पर्व तीजलाई संस्कृतिकै रूपमा जेगर्ना गर्ने वा यसलाई तडकभडक र प्रतिस्पर्धासहित विकृति बनाउने भन्ने तपाईँ हाम्रै हातमा छ । त्यसैले तीजलाई संस्कृतिका रूपमा जगेर्ना गर्ने गरी उत्साहका साथ मनाऊँ ।
सबैमा तीजको शुभकामना । 

सगरमाथा इन्स्योरेनस कम्पनी लि.
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  १५:०१
प्रतिक्रिया दिनुहोस्