site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
आकाशबाट यस्तो देखियो ग्वार्को फ्लाईओभर, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । ‘ग्वार्को फ्लाईओभर’को काम अन्तिम चरणमा पुगेको छ । अहिले कालोपत्रेको काम भइरहेको छ ।

सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी प्रदीप भण्डारीले जेठ मसान्तभित्र फ्लाईओभर सञ्चालनमा आउने बताए ।

“काम अन्तिम चरणमा पुगेको छ । अहिले पेन्टिङ, ट्राफिक साइन र कालोपत्रेको काम भइरहेको छ । मौसमले साथ दिए जेठ मसान्तभित्र ‘ग्वार्को फ्लाईओभर’माथि गाडी गुड्छन्,” भण्डारीले बाह्रखरीसित भने ।

Argakhachi Cement Island Ad

रिङरोडमा गुड्ने सवारी साधनहरू ट्राफिक जाममा रोकिनु नपर्ने गरी सरकारले ईपीसी मोडलमा ०७८ फागुन १२ गते निर्माण कम्पनी आशिष समानान्तर जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार, ०८० फागुन ११ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, विभिन्न कारणले पटक–पटक म्याद थप हुँदै आएको छ ।

हेर्नुहोस् तस्बिर

Gwarko-Flyover-(7)-1748152650.jpg

Gwarko-Flyover-(1)-1748152648.jpg

Gwarko-Flyover-(2)-1748152648.jpg

Gwarko-Flyover-(4)-1748152649.jpg

Gwarko-Flyover-(6)-1748152649.jpg

Gwarko-Flyover-(5)-1748152649.jpg

Gwarko-Flyover-(3)-1748152649.jpg

तस्बिरहरू : एपी तोलङ

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्