अर्थ व्यवसाय

काठमाडौं । एभरेष्ट बैंकले सिन्धुलीको कमलामाई नगरपालिका–६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै वाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ ।
यस शाखाको विस्तारसँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्यबाट संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर पोखरेलले बैंकको उपस्थितिसँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गरे ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२ १७:१०
प्रतिक्रिया दिनुहोस्