अर्थ व्यवसाय

काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा सुरु भएको बैठकले आजै गभर्नर सिफारिस गर्ने तयारी गरेको छ ।
सिफारिस समितिमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे छन् । समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ ।
सत्ता गठबन्धनबीच राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडललाई नियुक्त गर्न सहमति भएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२ १६:३४
प्रतिक्रिया दिनुहोस्