site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एभरेस्ट बैंकको १३२औँ शाखा सिन्धुलीको कमलामाईमा

काठमाडौं । एभरेस्ट बैंकले सिन्धुलीको कमलामाई नगरपालिका–६ मा १३२औँ शाखा विस्तार गरेको छ । बैंकले सोमबार (जेठ ५ गते) नयाँ शाखा कार्यालयको उद्घाटन गरेको हो । योसँगै वाग्मती प्रदेशमा एभरेस्ट बैंकको शाखा संख्या ४७ पुगेको बैंकले जनाएको छ ।

यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिन सक्ने विश्वास बैंकले गरेको छ ।

शाखा कार्यालयको उद्घाटन कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले गरेका हुन् ।

उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका अध्यक्ष वैद्यले एभरेस्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आएसँगै यहाँका वासिन्दालाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्