site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगातार ६ कारोबार दिनपछि १९ अंकले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १९.३० अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ०.७४ प्रतिशतले बढेर २६२८.३६ विन्दुमा बन्द भएको छ ।

सोमबार सात अर्ब ३५ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १८५ कम्पनीको सेयर मूल्य बढेको छ । ६० कम्पनीको सेयर मूल्य घटेको छ । बोटलर्स नेपाल (बालाजु) र राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यस दिन सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंक र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन समूहको परिसूचक १.२४ प्रतिशतले घटेको छ । यस दिन परिसूचक सर्वाधिक बढ्नेमा विकास बैंक समूह छ । 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्