site stats
बाह्रखरी :: Baahrakhari
कला
दासको निर्देशनमा ‘प्रतिवैरम’

काठमाडौं । रोशन दासको निर्देशनमा नयाँ चलचित्र ‘प्रतिवैरम’ निर्माणको घोषणा गरिएको छ । मधेसकेन्द्रित कथामा बन्न लागेको चलचित्रको निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै घोषणा गरिएको हो । 

पोस्टरमा रावणलाई पृष्ठभूमिमा राखेर अघिल्तिर एक व्यक्ति उभिएको देखिएको छ । निर्देशक दासका अनुसार चलचित्र मधेसकेन्द्रित रहेर सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित रहेर बन्नेछ ।
 
चलचित्रको कथा निर्देशक दास स्वयंले लेखेका छन् । पटकथा युवराज भट्टराईले लेखेका छन् । चलचित्रलाई निरज कँडेलले खिच्दै छन् । कलाकार केही दिनमा सार्वजनिक गरिने दासले बताए । 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्