site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कुलिङ पिरियड दुई वर्ष राख्न सरकारको प्रस्ताव

काठमाडौं । कुलिङ पिरियड दुई वर्ष राख्न सरकारले प्रस्ताव गरेको छ । दुई वर्षभन्दा लामो समय कुलिङ पिरियड राख्दा जनशक्तिको अभाव हुनसक्ने सरकारको राय छ । 

गृहमन्त्री रमेश लेखकले राज्यव्यवस्था समितिको आजको बैठकमा यस्तो प्रस्ताव गरेका हुन् । 

“कुलिङ पिरियड पिरियड दुई वर्ष गरौँ । दुई वर्षभन्दा बढाउनु हुँदैन, जनशक्तिको अभाव हुनसक्छ,” गृहमन्त्री लेखकले भने, “यो सरकारको निर्णय होइन, समितिलाई निर्णयमा पुग्न सहज होस् भनेर सरकारको तर्फबाट सुझाव मात्र हो ।” 

दुई वर्षको समयमा सेवा निवृत्त भएको कर्मचारीले आवश्यक अध्ययन तथा अनुसन्धान गरेर आफू जान चाहेको संस्थाबारे पर्याप्त ज्ञान लिनसक्ने उनको भनाइ छ । 

यो विषयमा पनि सहमति गरेर अगाडि बढ्नुपर्ने उनले बताए । 

कर्मचारीसँग किन बिच्किए सांसद ? ‘कुलिङ पिरियड’ मा ‘सफ्ट’ हुँदैछ एमाले !

राष्ट्र सेवक कर्मचारीको सेवा निवृत्त हुने उमेर एक/एक वर्ष गरेर दुई आर्थिक वर्ष थप्न सकिने उनको प्रस्ताव छ । आर्थिक भारलाई सन्तुलन गर्नका लागि पनि कर्मचारीको सेवा अवधि दुई वर्ष बढाउन सकिने गृहमन्त्री लेखकको धारणा छ । 

औसत आयु बढेको र अन्तर्राष्ट्रिय अभ्यासलाई अध्ययन गरेर सेवा अवधि दुई वर्ष बढाउन सकिने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्