site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारतीय वनमन्त्री यादव काठमाडौंमा
तस्बिर : रासस ।

काठमाडौं । भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणमा आएका छन् । बिहीबार (जेठ १) अपराह्न उनी काठमाडौं आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले उनलाई स्वागत गरे । उनी ‘सगरमाथा संवाद’मा सहभागी हुन भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका राससले जनाएको छ ।

“नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवादमा सहभागी हुन आज काठमाडौं, नेपालमा आइपुगेको छु,” भारतका मन्त्री यादवले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मेरो दुईदिने भ्रमणका दौरान म हिमालयलाई जलवायु परिवर्तनबाट जोगाउने र पारिस्थितिक प्रणाली र यसमा निर्भर समुदायहरूको भविष्यको संरक्षण गर्ने भारतको दृष्टिकोण प्रस्तुत गर्नेछु ।”

सरकारले शुक्रबार (जेठ २)देखि काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनदिने सगरमाथा संवादको औपचारिक शुभारम्भ गर्नेछन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्