-1743338751.jpg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई बिहीबार (जेठ १) प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराएको छ । मिश्रलाई बन्दीप्रत्यक्षीकरणको सुनुवाइका निम्ति सर्वोच्चमा उपस्थित गराइएको हो ।
सर्वोच्चका आदेशानुसार उनलाई उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए । जिल्ला अदालतमा म्याद थपनिम्ति उपस्थित गराउँदा प्रहरीले सधैँ हतकडी लगाइदिने गरेको थियो । सर्वोच्च लैजाँदा पनि महान्यायाधिवक्ताको कार्यालय पुग्दासम्म हतकडी लगाइएको थियो । सर्वोच्च परिसरमा भने हतकडी खोलेर लगियो ।
बुधबार (जेठ ३१) बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्चले कारण देखाऊ र बन्दीलाई उपस्थित गराउन आदेश दिएको थियो ।