site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बिगो बुझाएर पक्राउ पर्नबाट जोगिए प्रदेशसभा सदस्य पन्थी

काठमाडौं । नेकपा एमालेका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी पक्राउ पर्नबाट जोगिएका छन् । मोरङ जिल्ला अदालतले उनीविरुद्ध यसअघि पक्राउ पुर्जी जारी गरेको थियो । 

जिल्ला अदालतले उनलाई पक्राउ नगर्न भन्दै प्रहरीलाई अर्को पत्र पठाएपछि उनी जोगिएका हुन् । अदालतको फैसलाअनुसार पन्थीले बिगो रकम दाखिला गरेका कारण पक्राउ नगर्न भन्दै अदालतले जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई अर्को पत्र पठाएको हो ।

तहसिलदार बुद्धराज निरौलाले हस्ताक्षर गरेको पत्रमा पन्थीले एक वर्षअघि नै बिगो बुझाएको दाबी गरिएको छ । पत्रमा अर्का प्रतिवादी गौतमबुद्ध हाइड्रो पावर प्रालिका सञ्चालक देवराज खनालको पनि नाम छ ।

“उपर्युक्त सम्बन्धमा वादी श्याम राठी प्रतिवादी गौतमबद्ध हाइड्रोपावर प्रालिसमेत भएको व्यापारिक लेनदेन बिगो मुद्दामा यस अदालतबाट मिति २०८१–०१–३१ मा भएको आदेशअनुसार प्रस्तुत मुद्दामा वादीले पाउने गरी फैसलाले ठहर भएको बिगो रकम प्रतिवादीले यस अदालतमा मिति २०८१–१–३१ मा धरौटीमा दाखिला गरिसकेको हुँदा यस अदालतको च.नं ३०१६ मिति २०८१–०३–१२ गतेको पत्र बमोजिम तपसिल बमोजिमका प्रतिवादीहरूलाई पक्राउ नगर्नु, नगराउनु हुन अनुरोध छ,” मोरङ जिल्ला अदालतको पत्रमा भनिएको छ ।

morang-1747284297.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्