site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
न्यायपरिषद् बैठक बस्दै : रिक्त न्यायाधीश पदमा नियुक्ति सिफारिस होला ?

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायापरिषद्को बैठक डाकेका छन् । साँझ ५ बजेका लागि डाकिएको बैठकले रिक्त न्यायाधीश पदको नियुक्ति सिफारिस गर्नसक्ने आंकलन गरिएको छ ।

गत असोज २० गते प्रधानन्यायाधीशमा राउत आएपछि न्यायाधीशको नियुक्ति सिफारिस भएको छैन । त्यो समयदेखि नै सर्वोच्चमा चार न्यायाधीश पद रिक्त छन् । 

न्यायपरिषद्का एक अधिकारीका अनुसार उच्च अदालतमा चार मुख्य र २२ न्यायाधीशको पद रिक्त छन् । 

जिल्ला अदालतमा ६ न्यायाधीश पद रिक्त छन् । न्यायपरिषद्का एक सदस्यका अनुसार बैठक बोलाए पनि न्यायाधीशको नियुक्ति सिफारिस हुने/नहुने भने निश्चित छैन । 

“हामी न्यायपरिषद्को बैठक बसिरहेकै छौँ,” ती सदस्यले बाह्रखरीसँग भने, “यसअघि उजुरीसहितका विषयमा काम भएको छ । आजको बैठकमा अन्य विषयमै छलफल हुन्छ वा नियुक्ति सिफारिसको विषय आउँछ त्यो बैठक सुरु भएपछि मात्र थाहा हुन्छ ।”
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्