site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निगमको ट्विन–अटर जहाज नियमित उडानमा आयो

काठमाडौं । मर्मतमा रहेको नेपाल वायुसेवा निगमको नाइनएन–एबीटी ट्विन–अटर विमान सञ्चालनमा आएको छ । 

विमानको ‘सर्टिफिकेट अफ एयरविथनेस’ सम्पन्न गरी दुईवटै नयाँ इन्जिन परिवर्तनपश्चात् उडानमा आएको हो । निगमका अनुसार विमान सोमबारबाट नियमित उडानमा छ ।

निगमका नाइनएन–एबीयू र नाइनएन–एबीटी दुईवटा विमानबाट नियमित उडान हुनेछ । दुवै जहाज नियामकीय चेकजाँचपश्चात् नियमित उडानमा रहेको निगमले जनाएको छ ।

निगमका प्रत्येक जहाजले दिनमा चार उडान गर्ने व्यवस्था मिलाउन समेत अध्यक्ष युवराज अधिकारीले निर्देशन दिएका छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्