देश

दाङ । आफ्नै श्रीमान्को हत्या गरेको आरोपमा दाङमा एक महिला पक्राउ परेकी छिन् । ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका–७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादको क्रममा संगीताले दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हाँसिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२ १७:३८
प्रतिक्रिया दिनुहोस्